arrow

एमालेको समय मागले संसद स्थगन

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
parliament.jpeg
काठमाडौं। नियमित अवरोध भैरहेको संसद फेरि आईतवारसम्मकालागि स्थगित भएको छ। यसपालीको स्थगन केही राम्रो संकेत गरेको छ। 
 
 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २४ गतेसम्म समय मागेकाले संसद स्थगित भएको हो।
 
आज बस्ने भनिएको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको हो। यसबिच मुख्यदलहरु बिच सहमती गरेर अघि बढ्ने निर्णय भएको रविन्द्र अधिकारीले जनाएका छन्। 
 
अदालतको हिजोको निर्णय पछि नेपाली राजनीतिमा नयाँ तरंग आएको हो। अदालतको फेसलासँगै संसद अवरोध गरिरहेको नेकपा एमाले लचिलो देखिएको छ। संभवत: अब खुल्ने संसदमा ब्यवधान नहुने सांसदहरुको बुझाई रहेको छ। 
 
कस्तो र के कुरामा सहमति हुन्छ भन्ने कुरा छलफल पछि मात्रै थाहा हुनेछ। सत्तापक्ष- प्रतिपक्ष र मधेशवादी दलहरुले मान्ने मिलन बिन्दुको खोजी हुने बिश्वास गरिएको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ