arrow

सर्वोच्चको आदेशविरुद्ध कुलमानका समर्थकको प्रदर्शन, केही पक्राउ

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
news--kulman-saport.jpeg

काठमाडौं । लोडसेडिङमुक्त अभियानमा लागेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्नेहरु पक्राउ परेका हुन् ।

उज्यालो विरोधि होसियार, अन्तरिम आदेश खारेज गर लगायत नारा लगाएर सर्वोच्च अगाडि प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । खार्पाचोक युवा क्लब काभ्रेको ब्यानरमा प्रदर्शन गर्नेहरुले कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अगाडि नारा लगाएका थिए ।

उनीहरुले ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई फाँसी दे समेत भनेका थिए । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री, उपराष्ट्रपति देखि राष्ट्रपति कहाँ समेत यस विषयमा आवाज उठाउन पछि नपर्ने चेतावनी दिएका छन् । माइतीघरमा मण्डलामा जम्मा भएका प्रदर्शनकारी अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीले आफुहरुको विरोधमा प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।

कुलमानको उज्यालो अभियानमा वाधा गरेको भन्दै उर्जामन्त्रालयले केही दिन अघि प्राधिकरणका तीन सञ्चालकलाई पदबाट हटाएकामा उनीहरुले अदालतमा दर्ता गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ