arrow

फाल्गुनन्द गोल्डकप : आयोजक फिदिम सेमिफाइनल प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १९ मंगलबार
spots-photo-1.jpeg
पाँचथर । पाँचथरको फिदिममा जारी आठौ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लव विजयी वन्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
 
मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रेण्ड क्लव बिआरसी भुटान लाई २-० गोल अन्तरले पराजित गर्दे आयोजक फिदिम स्पोटिङले अन्तिम चारको यात्रा तय गरेको हो । फिदिम स्पोटिङका लागि दोस्रो हाफको १९ औ र ३८ औ मिनेटमा सरन वस्नेतले दुवै गोल गरेका थिए ।
 
 जवाफमा भुटानले भने एक गोल पनि फर्काउ सकेन् । अव हुने पहिलो सेमिफाइनल खेलमा आजको विजयी टिम आयोजक फिदिम स्पोटिङ क्लवले विर्ता यूनाइटेड क्लव झापा वीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबारको खेलमा फिदिम स्पोटिङका क्याप्टेन नरेश सम्हाम्फे म्यान अफ दि म्याच घोषित भएका छन् ।
 
 प्रतियोगिता अन्तर्गत भोली हुने अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाण्डौ र कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङ वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नेपाल,भारत र भुटानका गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ७५ हजार रुपैया हातपार्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ