arrow

रहेनन् ‘योर माई लभ बा’, नाटक देखाउँदा–देखाउँदै मञ्चमै ढले

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
love-ba-news.jpeg

काठमाडौं । वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ । नेपाल टेलिभिजनमा लामो समय चलेको टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चा कमाएका रंगकर्मी फुयाँलको जमलस्थित राष्ट्रिय नाचघरमा अभियनय गर्दा गर्दै हृदयघात भई निधन भएको हो । फुयाँल नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दै थिए ।

संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको नाटक बद्री अधिकारीले निर्देशन गरिरहेका थिए । नाटकमा फुयाँल राजा जनक भूमिकामा थिए । अभिनयकै क्रममा हृदयघात भएपछि फुयाँललाई वीर अस्पताल लगिएको थियो । चिकित्सकले साँझ ६ बजेपछि निधन भएको औपचारिक जानकारी दिए । फुयाँलको पार्थिव शरीर अस्पतालमै राखिएको र वुधबार बिहान ११ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने बताइएको छ ।

जीवनको महत्वपूर्ण कालखण्ड रंगमञ्चमा विताएका फुयाँलका ‘बाध्यता’ र ‘शहीदको सपना’ नाटकसंग्रह प्रकाशित छन् । नाट्यकर्मी फुयाँलले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत थुप्रै टेलिचलचित्रमा अभिनय गरे । यस्तै, उनले नेपाली कथानक चलचित्रमा पनि अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ