arrow

रौतहट फेरी अशान्त, दन्किए बस र मोटरसाइकल, वीरगन्ज कडा

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
rautahat.jpg.jpeg
रौतहट । रौतहटको सदरमुकाम गौर अशान्त छ । शनिवार दिनभर जसो तनावग्रस्त भएको गौरमा आइतबार (आज) बिहानैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन, आगजनी र तोडफोडका गतिविधि गरेका छन् । 
 
मोर्चाका कार्यकर्ताको प्रदर्शन चर्र्किएपनि बजारमा प्रहरीको उपस्थिती छैन । मोर्चाका कार्यकर्ताले बिहानैदेखि नीजी तथा सार्वजनिक सवारी साधन चल्न दिएका छैनन् । मोर्चा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गौरमा बिहानै दुईवटा मोटरसाइकल तोडफोड गरे । आन्दोलनकारी बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रिए । 
 
रौतहटको चन्द्रपुर–८ पौराइमा बिहान एउटा बसमा आगजनी भएको छ । काठमाडौं–झापा चल्ने ना ४ ख ५१० नम्बरको मितेरी यातायातको बसमा आगजनी भएको रौतहट प्रहरीले जनाएको छ । आगोले बसको सबै भाग डढेको छ । 
 
वीरगन्जमा पनि विरोध सशक्त बन्दै
पर्साको वीरगञ्जमा समेत आन्दोलन सशक्त बन्द गएको छ । आन्दोलनकारीहरु सडकमा उत्रिने क्रम बढेको छ । भन्सार क्षेत्र र घण्टाघर क्षेत्रमा प्रदर्शनकारीले टायर बालेका छन् । शुक्रबार मात्रै मधेसी मोर्चाले राजधानीको संवाद छोडेर मधेस केन्द्रीत आन्दोलन चर्काउने घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चाले सीमा नाकाको अवरोध हटाउने जनाउल दिए पनि व्यवहारतः फरक गतिविधि देखिएको छ । 
 
मोर्चाको हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै पर्साको वीरगञ्ज–रक्सौल नाका क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ भएका छन् । मोर्चाले आन्दोलनका कार्यक्रमको स्वरुप बदलिएको बताए पनि नाका अवरोध नहट्दा जनजीवन निकै कष्टकर भएको छ । यता, दलहरुले वार्ताका लागि संसद स्थिगित गरेपनि आफुहरुको माग प्याकेजमै हल नभए कुनै पनि आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान मोर्चाले राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ