arrow

फाल्गुनन्द गोल्डकप :चर्च ब्जाइजलाई हराउँदै कर्णसिंह क्लब सेमिफाइनलमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष २० बुधबार
spots-photo-1.jpeg
पाँचथर ।  पाँचथरको फिदिममा जारी आठौ अन्र्तराष्ट्रिय आमन्त्रण टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा कर्णसिंह सोनाम स्मृति मेमेरोयिल क्लव ताप्लेजुङ विजयी वन्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाण्डौँ लाई ६—१ को फराकिलो गोल अन्तरले पराजित गर्दे ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो ।
 
ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले ४१ औ,४६औ,र ७८ औ मिनेटमा गोल गर्दे ह्याट्रिक गरेका थिए । यस्तै ताप्लेजुङका तर्फबाट सुनिल बलले खेलको ५३ औ,र थपिएको इन्जुरी समयमा गरेर दुई गोल र निराजन खड्काले ३८ औ मिनेटमा गोल गरेका थिए ।
 
उता जवाफमा चर्च ब्वाइज यूनियनका तर्फबाट अजय मार्टिकले खेलको १३ औ मिनेटमा एक गोल फर्काएका थिए । बुधबारको खेलमा ह्याट्रिक गर्ने सेगुन नै म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत  भोली हुने पहिलो सेमिफाइनल खेल आयोजक फिदिम स्पोटिङ क्लव फिदिम र विर्ता यूनाइटेड क्लव झापा वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
 
नेपाल,भारत र भुटानका गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ७५ हजार रुपैया हातपार्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ