arrow

विद्यार्थीको नाममा सस्तो कामदार नेपालबाट झिकाउँदै जापान सरकार

सस्तो कामदार एवं अनाधिकृत रुपमा कामगर्छन् नेपाली विद्यार्थी

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
Japan.jpeg
काठमाडौं। सोफिया विश्वविद्यालयकी एसोसियट प्रोपेसर मासाको तानाकाको अनुसन्धानले सपष्ट पारेको छ की विद्यार्थीको नाममा नेपालबाट मानव तस्करी भैरहेको छ ।
 
नेपालमा रहेका जापानी परामर्शदाता र भाषा विद्यालयको मिलोमतो जापान स्थित जापानी भाषा विद्यालयसँग रहेको हुन्छ। जापानका भाषा विद्यालयले विद्यार्थी पठाए बापत एकमुष्ठ रकम नेपाली परामर्शदाता वा भाषा विद्यालयलाई दिने गरेका छन्।
 
तनाकाले अहिले भैरहेको कार्यलाई मानव तस्करीको संज्ञा दिएकी छिन्। विद्यार्थीका रुपमा सस्तो कामदार पठाउने कार्यलाई मानव तस्करी भन्न सजिलै मिल्छ। यसरी पैसाको खेलका बिच साधारण विद्यार्थीहरु मर्कामा परेका छन्। 
 
एक नेपाली विद्यार्थीको सपना जाापनी भाषा विद्यालयमा पुगेपछि टुटेको छ। सन् २०१४मा जापान पुगेकी नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने लक्ष्य भाषा विद्यालयले भाषा बारे साधारण जानकारी मात्र दिने गरेको पाए पछि विश्वविद्यालयको सपना तुहिएको हो। 
 
समाजशास्त्रमा स्नातकोत्तर पढ्ने सपना लिएर जापान पुगेकी पुरी थरकी नेपाली विद्यार्थीले जापानी भाषा विद्यालयमा पुग्दा पढाई नि्न स्तरको हुने र कक्षामा रहेका विद्यारथीहरु पनि निदाएर बस्ने गरेको देखेपछि विश्वविद्यालयको सपना टुटेको बताईन। 
 
उनीसँग अब ब्यवसायीक पढाई हुने कलेज जाने बाहेक अर्को बिकल्प रहेन जब भाषा विद्यालयले शिक्षा भन्दा पैसामा ध्यान केन्द्रित गर्ने गरेको बुझिन्। उनी अहिले टोकियोमा पर्यटन सम्बन्धि पढाई गर्दैछिन्।यसरी जापान सरकारले विद्यार्थीहरुको नाममा सस्तो कामदार भित्र्याई रहेको जापानको प्रमुख अनलाईन जापानटाईम्सले लेखेको छ। 
 
त्यस्ता भाषा विद्यालयको लक्ष्य स्तरिय शिक्षा भन्दा पनि पैसा कमाउने हुने गरेको छ। जापानमा विद्यार्थिहरुकालागि भनेर हप्तामा २८ घण्टा काम गर्न पाईने नियम छ। तर यस्ता विद्यालयहरुले अनाधिकृत रुपमा काम गर्न ठाउँ मिलाईदिने गरेका छन्। यसरी काम गर्दा सस्तो दरमा काम गर्नु पर्ने हुन्छ। 
 
जापान सरकारले सन् २०२० सम्म ३ लाख बिदेशी बिद्यार्थी भित्रयाउने योजना बनाएको छ। सरकारको लक्ष्य बिदेशका बिद्यार्थीहरुको अनुभव जापानले पाओस भन्ने रहेपनि जापानी भाषा बिद्यालयहरु पैसा कमाउने धुनमा रहेकोले सरकारले सोचेको संख्या त नाघ्ला तर स्तरियता भने नहुने निश्चित रहेको छ। 
 
नेपाल र भियतनामका विद्यार्थीहरुको लक्ष्य जापान जाने रहेको छ। धेरैको लक्ष्य पढ्न भन्दा पनि कमाउने रहेको हुनाले त्यसै अनुसार जापानका भाषा बिद्यालयहरुले पनि सहजीकरण गरिरहेका छन्। जापान छिर्नकालागि भाषा परिक्षा दिन नपर्ने हुनाले पनि धेरै अविकसित एवं बिकासशील देशका मान्छेको लक्ष्य जापान रहेको छ।
 
नेपालमा रहेका जापान पठाउने भनिएर खोलिएका संस्थाहरुले पनि पैसा कमाउने मेसो मात्र मिलाएका छन्। नेपालमा रहेका दलालहरुले जापानमा मनग्य पैसा कमाउन सकिने सपना देखाएर मानिसहरुलाई जापान पठाउने गरेका छन्। जापान जानु अघि विद्यार्थीहरुले हप्ताको २८ घण्टा भन्दा बढी काम गर्न नपाउने नियम रहेको जानकारी पनि गराउने गरिएको छैन्। 
 
जापानको शिक्षा मन्त्रालयका अनुसार सन् २०११मा ४६१ वटा भाषा बिद्यालय रहेकोमा सन् २०१५मा ५४९ पुगेका थिए। त्यसैगरि भाषा पढाउन खोलिएका संस्थाहरु कुनै मन्त्रालय वा स्थानिय निकायको अन्तर्गत रहेका छन्। त्यस्ता संस्थाहरुको एउटै स्वार्थ रहेको छ त्यो हो पैसा कमाउने। सरकारको मापदण्ड पुरा गरेर खोलिएका संस्थाहरु भएपनि सरकारी नियमन नहुनाले त्यस्ता संस्थाहरुले मनलागी गरिरहेका छन्। 
 
सन् २०१४को सरकारी आंकडा हेर्दा जापानी भाषा स्कुल उतिर्ण गरेका  २१ हजार २०८ विद्यार्थी मध्य २६.४ प्रतिशतले मात्र विश्वविद्यालय प्रवेश गरेका थिए। बाँकी सबैले ब्यवसायिक विद्यालयहरुमा भरना लिएका थिए। 
 
'यो समस्यालाई समाधानकालागि उपयुकत कानुन बनाउने बारेमा बहस भैरहेको छ' जापानको सत्ताधारी लिबरल डेमोक्रयाटिक पार्टीका सांसदले भने। 
 
जापानको फुकुओकामा जापानी भाषा विद्यालयका तीन संचालकहरुलाई पक्राउ गरिएको थियो। उनीहरुले अनाधिकृत रुपमा भियतनामी विद्यार्थीहरुलाई ७२ घण्टासम्म काम गर्ने वातावरण मिलाईदिएको आरोप रहेको थियो।
 
जापानमा क्लिनिकल मनोविज्ञका रुपमा कार्यरत ३३ बर्षिय बिजय ज्ञवालीले आफुले नि त्यस्तो समस्या भोगेको बताएका छन्। सन् २००७मा जापान आएका ज्ञवालीलाई भाषा विद्यालयले उनको पासपोर्ट राखेको थियो ताकी उनी लगायत कोही विद्यार्थी त्यहाँबाट नभागुन्। 
 
बिशेषगरि गरिब परिवारबाट पैसाको जोहो गरेर जापान आउने विद्यार्थीहरु सोचेको भन्दा ठीक उल्टो पाउँदा मानसिक तनावमा रहने गरेका छन्। कसैले त्यही तनाव झेल्न नसक्दा आत्महत्याको बाटो पनि रोज्ने गरेका छन्। 
 
ज्ञवाली पनि १२ लाख रुपिया नेपालको एक परामर्शदाता कम्पनीलाई बुझाएर जापान आएका थिए। भाषा विद्यालयमा जाने बेलामा ऋण तिर्नकालागि काम गर्नु पर्ने बाध्यता रहेको थियो धन्न उनको परिवारले सहयोग गरेका कारण उनले आफ्नो पढाई पुरा गरे। 
 
उक्त समयमा उनीसँग ४०० नेपाली जापानी भाषा स्कुलमा रहेका थिए जसमध्य २ जनाले मात्र विश्वविद्यालय प्रवेश गरेका थिए। 
 
क्लिनिकल मनोविज्ञ भएका कारण धेरै नेपालीहरुलाई उनले परामर्श दिने गरेका छन्। उनका अनुसार हप्ताको २८ घण्टा काम गर्न पाउने नियमले धेरै आत्तिएका हुन्छन्। त्यती घण्टा काम गर्नाले केही बचत हुन्न र बढी गरे अध्यागमनले पक्रिने डर पनि रहिरहेको हुन्छ। यस्तो तनावका बिच बिभिन्न मानसिक समस्या आउने गरेको छ। त्यसैगरि कोही रक्सीको लतमा फस्ने गरेका छन् भने कही लागुपदार्थको। 
 
नेपाली दुतावाससँग नजिक रहेर काम गरिरहेका ज्ञवालीले भने ' विद्यार्थीका रुपमा आउने धेरै यहाँ विद्यार्थी हुन्नन् । ती कामदार हुन्। जापान सरकारले विद्यार्थीका रुपमा धेरै कामदारहरु भित्र्याईरहेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ