arrow

सुनसरी पुगेर सिटौलाले के भने ?

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
krishna-sitaula-congress.jpeg

इनरुवा । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको संसदको माघ ७ गतेसम्म मात्र कार्यकाल भएकाले सो समयभित्र सबै तीन तहकै निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेता सिटौलाले सो सम्भव नभए आगामी वैशाखभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए । नेता सिटौलाले स्थानीय निकायको निर्वाचन गर्दा पुरानो संरचना वा नयाँ संरचना जुन सम्भव हुन्छ त्यसै अवस्थामा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

मुलुक हाँक्न सक्षम नेताको अभावले मुलुकको वर्तमान राजनीति स्थिर हुन नसकेको बताउँदै सिटौलाले पार्टीभित्र मात्रै नभएर सम्पूर्ण दललाई मिलाएर अघि बढ्न सक्ने नेताको अभाव सिङ्गो मुलुकले महसुस गरिरहेको बताए ।

गिरिजाबाबुको अभाव सबैले महसुस गरेको बताउँदै नेता सिटौलाले वर्तमान राजनीति खिचातानी उन्मुख हुनुमा सक्षम नेतृत्वको अभाव रहेको प्रष्ट्याए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ