arrow

कोपा देल रे फुटबलमा बार्सिलोनालाई झड्का, मेसी उत्रिए झगडा गर्न

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
barca.jpeg
स्पेन । स्पेनिश फुटबल प्रतियोगिता कोपा देल रे को प्रिक्वार्टरफाइनलमा बार्सिलोनालाई झड्का लागेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा बार्सिलोना एथलेटिक बिलबाओसंग २–१ ले पराजित भएको छ । 
 
Aritz Aduriz meets a cross at the far post to head Athletic Bilbao into a 1-0 lead at the San Mames against Barcelona
 
बिलबाओको मैदानमा भएको खेलमा बिलबाओले २–० ले अग्रता लियो । २५ औं मिनेटमा आरिज एडुरिजले तथा २८ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए । 
 
Aduriz is joined by his team-mates as they celebrate in front of jubilant home supporters during their Copa del Rey clash
 
दबाबमा रहेको बार्सिलोनाका चार खेलाडीले पहेंलो कार्ड खाएसंगै थप दबाब बढ्यो । ५२ औं मिनेटमा लिओनल मेसीले गोल गर्दै अन्तरलाई कम गरे । 
The Argentine pumps his fist as he lofted up into the Bilbao night air by Jordi Alba after reducing the deficit to just one goal
 
त्यसपछि बिलबाओका राउल गार्सिया र एन्डर इटुरास्पले ७४ औं र ८० औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । 
 
Messi weaves his way past a trio of Athletic Bilbao defenders as he attempts to drag his side back into the fixture 
 
९ जनामा समेटिएको बिलबाओलाई बार्सिलोनाले दबाबमा राखे पनि गोल गर्न नसक्दा पराजित भयो । 
The 24-year-old Brazilian cannot hide his amazement as another of David Fernandez Borbalan’s calls goes against his side
 
खेलका क्रममा पेनाल्टी माग्दा रेफ्रीले उल्टै एन्द्रेश एनेस्तालाई पहेंलो कार्ड देखाउँदा झन् तनाव भएको थियो । 
 
मेसी र नेमारले पेनाल्टी माग्दा रेफ्रीले नदिएसंगै मेसी झगडा नै गर्न पुगेका थिए । यो हारले भने अब घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा जितका लागि बार्सिलोनालाई दबाब बढेको छ । 
Andres Iniesta is booked as he protests alongside Neymar, Suarez and Messi after Barcelona are denied a penalty
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ