arrow

‘क्यान सफ्टेक समिट २०१७ ’ सम्पन्न

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
300_8698.jpeg
काठमाडौं । ‘क्यान सफ्टेक समिट २०१७ ’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौमा क्यान महासंघले आयोजना गरेको  कार्यक्रमको मुख्य सचिव डा.सोमलाल सुवेदीले उद्घाटन गरे।  कार्यक्रममा बोल्दै मुख्य सचिव सुवेदीले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउए । सुवेदीले सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टेक समिटलाई निरन्तरता दिनुपर्ने वताए ।
 
कार्यक्रमका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीत प्रसाद महतोले प्रविधी उद्योगको भविष्य उज्वल रहेको वताउँदै यस क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई निराश नभै उत्प्रेरित हुन आग्रह गरे।
 
कार्यक्रममा बोल्दै  क्यानका अध्यक्ष ई. बिनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरुको विकास र विस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई  प्राथमिकतामा राख्नु पर्ने वताए । 
 
सफ्टेक समिटमा विभिन्न सफ्टवेयर कम्पनीहरुले आफ्नो उत्पादनहरुको प्रदर्शन तथा प्रवद्र्धन गरेका छन् । समिटमा छनौटमा परेका १० वटा सफ्टवेयर कम्पनीहरु सहभागि थिए ।समिटमा विभिन्न मन्त्रालय, बैंक, अस्पताल लगायत सूचना प्रविधिसँग सम्वन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
 
समिटकै अवसरमा नेपालमा सफ्टवेयर क्षेत्रको वर्तमान अवस्था र भविष्यका वारेमा वृहत छलफल कार्यक्रम भएको क्यान महासंघका महासचिव  विश्व राम बलामीले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ