arrow

एकदिवसीय र टि–ट्वेन्टीको कप्तान पनि विराट

अलराउण्डर युवराज सिंहको पुनरागमन

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
Virat-kohli-new.jpeg

एजेन्सी । विराट कोहली एकदिवसीय र टि–ट्वेन्टी क्रिकेटको टिम कप्तान बनेका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहली कप्तान बनेका हुन् ।

कोहलीको कप्तानीमा भारतीय टोली इंग्ल्याण्डसँग खेल्ने पक्का भएको छ । सन् २०१४ देखि टेस्ट कप्तान रहेका कोहलीको कप्तानीमा भारतले इंग्ल्याण्डसँग तीन एक दिवसीय तथा तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ । श्रृंखला जनवरी १५ देखि सुरु हुनेछ ।

भारतीय क्रिकेट काउन्सिलले इंग्ल्याण्डसँगको श्रृंखलाका लागि टिम घोषणा गरेको छ । विराटको कप्तानीमा अलराउण्डर युवराज सिंहले टिममा पुनरागमन गरेका छन् । यस्तै, सुरेश रैना समेत टि–ट्वेन्टी टिममा फर्किएका छन् ।

टिममा महेन्द्रसिंह धोनी, केएल राहुल, शिखर धवन, मनिष पाण्डे, केदार जाधव, अजिन्क्या रहाणे, हार्दिक पाण्ड्ये, रजिवचन्द्रन आश्विन, रविन्द्र जडेजा, अमित मिश्रा, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र उमेश यादव छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ