arrow

पूर्वमा पनि लोडसेडिङ कम भएकै चर्चा, उद्योगीहरु उत्साही

जेनेरेटर भन्दा विजुली दुई गुणा सस्तो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष २३ शनिबार
bijuli-ka-tar.jpeg

विराटनगर । तिहारपछि पूर्व क्षेत्रमा लोडसेडिङ कम भएपछि स्थानीयलाई राहत भएको छ । लोडसेडिङ कम भएपछि उद्योग, अस्पताल, कार्यालय र व्यपारिक प्रतिष्ठानहरुसँगै घरेलु काम काज सहज भएका छन् । स्थानीयमा सकारात्मक प्रभाव परेको छ ।  

पछिल्ला केही दिन यता लोडसेडिङ घटेपछि सुनसरी–मोरङका औद्योगिक करिडोरका उद्योग तथा कलकारखानाहरु नियमित सञ्चालन हुन थालेका छन् । वर्षाैंदेखि लोडसेडिङ र कम भोल्टेजको समस्या झेल्दै आएका पूर्वका उद्योगीहरु लोडसेडिङ र कम भोल्टेजको समस्या समाधान भएपछि हर्षित छन् ।

लोडसेडिङ घटेपछि  उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा  डिजेलको खपत घटेको छ । जसले गर्दा खर्च घट्नुका साथै उत्पादन, व्यापार र  सेवामा सुधार आउन थालेको उद्योग संगठन मोरङका उपाध्यक्ष भीम घिमिरेले बताए ।

विद्युत प्राधिकरणले मोरङ र सुनसरी करिडोर क्षेत्रमा एक दिनमा ४ घन्टामात्र लोडसेडिङ गर्दै आएको छ । जवकी केही महिना पहिले देनिक १० घन्टासम्म लोडसेडिङ हुर्दै आएको उधोगीहरु बताउँछन् ।

लोडसेडिङका कारण उद्योगले विद्युतकै लागि भनेर सयौं लिटर डिजेल खर्चनुपर्ने बाध्यता थियो । डिजेलबाट उद्योग संचालन गर्दा प्रतियुनिट बिजुली ३४ रुपैयाँ पर्ने बताइन्छ ।  विद्युतबाट संचालन गर्दा प्रतियुनिट १० रुपैयाँ पर्दछ ।  

सरकारले क्षणिक समयका लागि नभई सधैंका लागि मुलुकलाई लोडसेडिङमुक्त बनाउनुपर्नेमा उद्योगीहरुले जोड दिएका छन् ।  हाल दैनिक ९० देखि १ सय मेगावाट विद्युत आपूर्ति भइरहेकाले मोरङ र सुनसरी औद्योगिक करिडोरमा लोडसेडिङ घटेको नेपाल विद्युत प्राधिकरण दुहवी ग्रिडले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ