arrow

महिला फुटबलको उपाधि बंगलादेशको पोल्टामा, नेपाल १–० ले स्तब्ध

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
AFC-U-14.jpg.jpeg
काठमाडौं । एएफसी अन्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको उपाधि बंगलादेशले खोसेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको मैदानमा आइतबार भएको फाइनल खेलमा बंगलादेशको महिला टोलीले नेपाललाई १–० ले हरायो । बंगलादेशको १४ वर्ष मुनिको राष्ट्रिय टोलीले एएफसी अन्डर फोर्टिन क्षेत्रीय च्याम्पियनसिपको उपाधि चुमेको हो । 
 
पहिलो हाफमै १–० ले पछि परेको नेपालले दोस्रो हाफको अन्तिम समयसम्म लयमा फर्कने संघर्ष गरेको थियो । आपसी समन्यवको अभावमा नेपाली टोली लयमा फर्कन सकेन । वैशाख १२ गते हुनुपर्ने फाइनल खेल गोरखा भूकम्फे स्थगित भएको थियो । प्रतियोगिताको फाइनल खेल संचालन गर्न बंगलादेशले एसियाली फुटबल महासंघ एएफसीलाई पत्राचार गरेपछि एएफसीकै समन्वयमा अखिल नेपाल फुटबल संघ एन्फाले स्थगित फाइनल खेलाएको हो ।
 
प्रतियोगिताको ट्रफी विजेता बंगलादेशको महिला टोली र उपविजेता नेपाली टोलीका खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मेडल्स प्रदान गरे । पुरस्कार वितरण समारोहमा युवा तथा खेलकूद मन्त्री सत्यनारायण मन्डल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट सहभागी थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ