arrow

' सरकार चर्को गफ गरेर जनताको आलोचनाबाट बच्ने रणनीतिमा '

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
minendra-rijal.jpg.jpeg
जीवन भण्डारी, काठमाडौं। पुर्वसूचना तथा संचार प्रविधि मन्त्री एवं नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले जनताको भन्दा चर्को कुरा गरेर सरकारले जनताको आलोचनाबाट बच्ने रणनिति लिएको टिप्पणी गर्नु भएको छ । 
 
अनलाईन संघ नेपाल र नेपाल प्रेस युनियनले आयोजना गरेको अनलाईन पत्रकारिता तालिमको उद्घाटन गर्दै नेता रिजालले सरकारको चर्को गफले जनताले दुःख पाउने दिन लम्वीदै गएको पनि बताउनु भयो। 
 
“समस्या समाधान गर्ने भन्दा पनि चर्को गफ गरेर जनताको आलोचनाबाट बच्ने रणनिति सरकारले लिएको देखिन्छ, यो नितान्त गैरजिम्मेवार र गैरराजनितिक प्रबृत्ति हो” नेता रिजालले भन्नुभयो । 
 
उहाँले प्रधानमन्त्री र सरकारले समस्या समाधानका लागि जति गांभिर्यता देखाउनु पर्ने हो त्यति नदेखाएको आरोप लगाउदै बरु उनीहरुकै कारण समस्या झन् झन् बल्झीदै गएको बताउनुभयो । सरकारमा रहेकाहरुको गलत भुमिकाको प्रतिफलमा जनताले दुःख पाईरहनु विडम्वना र अन्यायपुर्ण भएको उहाँको भनाई छ । 
 
प्रदेशलाई आधार बनाएर निर्वाचन क्षेत्रहरुको निधारण गर्नु उचित र बैज्ञानिक हुने बताउदै नेता रिजालले कुनै प्रदेशमा अत्याधिक धेरै निर्वाचन क्षेत्र र कुनै प्रदेशमा अत्याधिक न्युन निर्वाचन क्षेत्र हुनु व्यवहारिक नहुने तर्क गर्नुभयो । 
 
अनलाईन पत्रकारिता प्रक्रिया र प्रविधिको हिसावले सजिलो भएपनि तत्काल तत्काल अपडेट गर्नु पर्ने भएकाले त्रुटि हुने जोखिम पनि उत्तिकै हुने तर्फ उहाँले सचेत गराउनु भयो । अभिव्यक्ति स्वतन्त्रतालाई बलियो र फराकिलो बनाउन पत्रकारहरु नै जिम्मेवार हुनु पर्नेमा नेता रिजालले जोड दिनुभयो । 
 
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, व्रोडकास्टीङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा लगायतले पत्रकारिता जति आकर्षक देखिन्छ त्यतिकै जोखिम पनि भएकाले जिम्मेवार र सचेत भईरहन ध्यानाकर्षण गराउनु भएको थियो । 
 
१५ दिन सम्म चल्ने तालिममा अनलाईनको प्राविधिक, नितिगत, पेशागत लगायतका विविध पक्षमा केन्द्रीत रहेर तालिम दिईने युनीयनका महासचिव तथा तालिमका प्रशिक्षक अजयवावु शिवाकोटीले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ