arrow

'लोकमान' मुद्दाको बहस सकियो

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
suprme_court_of_nepal.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता र चरित्रविरुद्ध परेको रिटको बहस सकिएको छ ।

बहस सकिएपछि न्यायाधीशहरु फैसलाका सुनाउन अध्ययनमा लागेका बताइएको छ । सम्भवतः फैसला आइतबार (आजै) आउने सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले हाम्राकुरालाई जानकारी दिए । आइतबार जवाफी बहस रहेको र १७ जनाले बहस गरेका रिट निवेदक ओमप्रकाश अर्यालले बताए ।

पुस ७ गते न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा बहस सुरु भएको थियो । आइतबार विपक्षी (कार्की)का तर्फबाट बहस सकिएपछि निवेदक पक्षको जवाफी बहस समेत भयो । कार्कीको नियुक्ति, योग्यता र अदालततको अवहेलना मुद्दा एक साथ राखेर सुनुवाई भएको हो ।

खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् हुँदा तत्कालिन संवैधानिक परिषद्ले अख्तियार प्रमुखमा कार्कीलाई योग्ता र आचरण नहेरी नियुक्त गरेको भन्दै अर्यालले दर्ता गरेको रिट सर्वोच्चले खारेज गरेको थियो । पछि अर्यालले फेरि पुनरावलोकनको निवदेन दर्ता गराए । उक्त निवेदनमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले पुनरावलोकनको आदेश दिएपछि लोकमानसिंह कार्कीविरुद्ध मुद्दा चलेको हो ।

पुनरावलोकन मुद्दाको म्याद बुझ्न अटेर गरेको र अदालतको टोलीलाई अवरोध गरेको भनि कार्कीसहित सहयोगिविरुद्ध अवहेलना मुद्दा समेत परेको छ ।सर्वोच्चमा मुद्दा चलिरहेकै बेला व्यवस्थापिका संसदमा समेत सत्तारुढ माओवादी केन्द्र र विपक्षी एमालेका सांसदले महाअभियोग प्रस्ताव ल्याए । प्रस्तावमाथिको छलफल सनको अवरोधका कारण रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ