arrow

टेलिकमको एक्सचेन्ज पोखरामा

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
nepal-telcom-chindada.jpeg
पोखरा । टेलिकमले नयाँ एक्सचेन्ज पोखरामा सुरु गरेको छ । टेलिकमले पोखराको छिनेडाँडामा नयाँ एक्सचेन्ज आइतबारबाट सुरु गरेको छ । आइतबार एक कार्यक्रम बिच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल टेलिकमको टेलिफोन  एक्सचेन्जको उद्घाटन गरे । कार्यक्रममा बोल्दै कार्कीले टेलिकमले पूर्वाधार र सक्षम जनशक्तिलाई भरपुर उपयोग गरेर मुलुकको दूरदराजका जनतासम्म सर्वसुलभ र गुणस्तरीय सञ्चार सेवा पुर्‍याउनुपर्ने बताए । 
कार्कीले सञ्चार सुविधाको लागि आकाशमा आफ्नै भू–उपग्रह राख्न लागिएको जानकारी दिए । जमिन र पानीभन्दा पनि आकाश महँगो हुँदै गएको वर्तमान अवस्थामा नेपालको आफ्नो भू–उपग्रह नहुँदा वार्षिक अर्बौं अमेरिकी डलर विदेसिने गरेको बताए ।
 
व्यवस्थापितका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपाल टेलिकमले समयसापेक्ष गुणस्तरीय सर्वसुलभ सेवा प्रदान गर्दै मुलुकलाई फ्रि वाइफाइ जोन बनाएर पर्यटन आकर्षण बढाउनुपर्ने बताए  । 
 
 
नेपाल टेलिकमका प्रमुख निर्देशक कामिनी राजभण्डारीले टेलिकमले ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन् । उनले सो अवसरमा  पचास बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ