arrow

नक्सालमा सडक भत्किँदाको प्रत्यक्ष दृश्य : आँखै अगाडि स्कूटर ठूलो दूर्घटनाबाट बँच्यो

logo
गाेविन्द अधिकारी,
प्रकाशित २०७३ पुष २४ आइतबार
Naxal-3.jpeg
काठमाडौं । सधैंको जस्तै विहान काठमाडौंको धापासीमा रहको काठमाडौं इन्स्टिच्यूट अफ टेक्नोलोजी क्याम्पस तर्फ जाँदै गर्दा आईतबारको विहान भने सदाको जस्तो रहेन । विहान साढे ६ बजेतिर काठमाडौंको भगवती बहालमा पुग्ने बेलासम्म पुरानै अवास्थामा रहेको सडककमा कुनै अवरोध रहेको थिएन । तर, कमलपोखरीबाट नक्साल भगवती बहाल मन्दिर नजिक पुगेपछि एक्कासी अचम्मको आवाज कानमा आयो । एकाएक आफू भन्दा एक सय मिटर अगाडि एकाएक सम्म सडकमा देखिएको भयंकरको खाल्डो देख्दा एक पटक त मन नै चसक्क घोचेर आयो । 
 
टक्क मोटरसाईकल रोकेँ । खाल्डो सामान्य थिएन । पारी पुग्ने बाटो पनि नभएको त होईन । तर, भासिन्दै गरेको सडकमा मुर्ख बनेर अघि बढ्न मन लागेन र एक छिन अडिएर बसेँ । सायद आफ्नो पेशागत मर्यादाले पनि मलाई भगवतीबहाल मन्दिरबाट अघि बढ्न नदिएको हुनसक्छ । हुन त बैकल्पिक बाटो त धेरै नै थिए । तर आफू परियो पत्रका यस विषयमा समाचार नटिपाई अगाडि बढ्न मनैले मानेन र भटाभट फोटो खिचेर पठाएँ हाम्राकुरा डटकमको अफिसियल इमेलमा । 
 
साथै त्यसैको केही बेरमा आएका कमलपोखरी बृत्तका प्रहरीहरुले बताएपछि मात्रै थाहा भयो कि शंकर ग्रुपले बनाउन लागेको पाँचतारे होटलको निर्माणाधीन भवन निर्माणको क्रममा नै यस्तो भएको रहेछ भन्ने । 
 
त्यहीँ रहँदै गर्दा अझ रोचक कुरा त के देखियो भने निशंकोच हिँडिरहेकी एक स्कुटर चालक आफ्नो कुनै दोष नहुँदा नहुँदै पनि दूर्घटनामा पर्न लागेकी थिईन् । त्यही बेलामा धन्न प्रहरी प्रधान कार्यालयबाट आफ्नो ड्यूटीमा आएका एक ट्राफिक प्रहरीका जवानले स्कूटर समातेपछि सम्भावित दूर्घटना टरेको थियो । होईन भने त्यहाँ कुनै अप्रिंय घटना पनि नहोला भन्न सकिने अवस्था थिएन । 
 
उता, त्यस्तो दृश्य खेर्नको लागि घटनाघटेको केही समयमा नै एक हुल मानिस आएर दुबै तिर भरिएका थिए । उनीहरुको मुहारमा एकलौटी आक्रोस देखिएको थियो कि सडक भत्किनेगरी बनाएको घरकाकारण आफूहरु बसेको घरलाई कति असर परेको होला भनेर । कसैले त्यही बसेर कारबाहीको मोलमोलाई गरिरहेका थिए भने कतिपयले निर्माण कम्पनीको पक्षमा हुनेगरी सान्त्वनाका स्वरहरु पनि बोलिरहेका थिए । 
 
एकै क्षणमा मान्छे भरिएर हाट बजार लागेको ठाउँ जस्तै भएको थियो । सम्भावित दूर्घटनाबाट बचेकी बा ४२ प १७८४ नं को स्कूटरकी युवती भने त्यतिबेलासम्म अर्कै बाटोबाट आफ्नो गन्तव्य तिर लागिसकेकी थिईन् । त्यसैको केही समयमा नै सबैतिर घेरा हालियो । दुबै तर्फबाट आउने मोटरसाईकल र अन्य सवारी समेत पनि त्यो बाटोबाट जानको लागि बन्द गरियो । 
 
यसरी मापदण्ड विपरित सार्वजनिक स्थानलाई नै क्षति पुग्ने गरी काठमाडौंमा कति धेरै धरहरु निर्माण भएका छन् । तर यसको रेखदेख गर्नुपर्ने निकाय भने कानमा तेल हालेर बसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ