arrow

ओलीले पत्रकारलाई भने, ‘तपाईहरुले बुझ्ने गरी देशले दुई चार दिनमै निकास पाउँछ’

संसदको प्रक्रिया अनुसार काम हुनेछ, मुलुक निर्वाचन तर्फ जान्छ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष २५ सोमबार
oli-voice-lokman-new.jpeg

विराटनगर । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी दुई चार दिन भित्रै देशले निकास पाउने गरी दलहरुबी सहमति हुन लागेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहान संचारकर्मी अध्यक्ष ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमा आउने बताए ।

संचारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘निकास तपाईहरुले बुझ्ने गरी निस्कन बाँकी छ, केही दिनमा सार्वजनिक हुन्छ, केही दिनमा संसदको प्रक्रिया अनुसार काम हुनेछ  । मुलुक निर्वाचन तर्फ जान्छ ।’ सरकारले होहल्ला र विरोधकाबीच राखेको संविधान संशोधन प्रस्ताव भने पारित नहुने ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘संविधान संशोधन प्रस्ताव पास हुँदैन,  संसद रहँदासम्म पारित हुन पनि हामी दिँदैनौं ।’ सरकारले अदालतको आदेश मान्दै प्रस्ताव फिर्ता लिनुको साटो दर्ता गरेर अदालतको भाषा नबुझेको ओलीको भनाइ छ । संशोधन प्रस्ताव पारित नभए निर्वाचन हुन पनि नसक्ने र सहभागि पनि हुन नसक्ने भन्ने मधेशी मोर्चाका नेताहरुले गैर कानूनी र असंवैधानिक तर्क गरेको ओलीको तर्क छ ।

ओलीले भने,  ‘कोही कसैले निर्वाचनमा अवरोध गरे सरकारले रोक्नु पर्छ,’ ओलीले जिद्धी र अहंकारले हुँदैन । सबै समझदारीमा आउनु पर्छ ।’ एमाले अध्यक्ष ओलीले  आ–आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र राष्ट्र सम्झेर सत्तापक्षले अघि बढ्ने हो भने पुनः देश सहमतिको बाटोमा अघि बढ्ने बताए ।  

अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिलाई अदालतले बदर गरेपछि उनले गरेका निर्णय र सेवा सुविधाको विषयमा के गर्ने भन्ने विषय दलहरुबीच आपसी छलफल गरेर टुंगो लगाउने ओलीको भनाई छ । अध्यक्ष ओली एमाले मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ