arrow

क्रिष्टियानो रोनाल्डो फिफा वर्ष खेलाडी बन्न सफल

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
ronaldo.jpeg
ज्यूरिच । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । स्पेनको रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका रोनाल्डोलाई स्वीजरल्याण्डको ज्यूरिचमा सम्पन्न विशेष समारोहमा सो उपाधि प्रदान गरिएको हो । 
 
गत सिजनमा पोर्चुगलका लागि युरोकप र रियल मड्रिडका लागि च्याम्पियन्स लिग  जिताउन सफल भएका रोनाल्डोले अजेन्टिनी फुटबल स्टार लियोनेल मेसी र एन्टोनी ग्रिजमनलाई पछि पार्दै यो उपाधि उचालेका हुन् । 
 
रोनाल्डो चार पटकका बेलोन डे’ओर विजेता पनि हुन् ।  
 
महिलातर्फ बेस्ट प्लेयर अमेरिकाकी कार्ली लियोड घोषित भइन् । सन् २०१६ मा उत्कृष्ट गोलकर्ताको उपाधि भने मलेसियाका फुटबलर मोहद फैज सुब्रीले पाए । 
 
उत्कृष्ट प्रशिक्षकको उपाधि गत सिजन इङ्लिस प्रिमियर लिग जितेको लेस्टर सिटीका क्लाउडियो रानिएरी घोषित भए । 
 
त्यस्तै फिफाबाट सन् २०१६ का लागि घोषित विश्व ११ टीममा ब्राजिलका चर्चित खेलाडी नेइमार पर्न सकेनन् । गोलकिपरमा जर्मनीका म्यानुअल नुयर, डिफेन्डरहरुमा ब्राजिलका डानी अल्भेस र मार्सेलो, स्पेनका जेरार्ड पिके र सर्जियो रामोस पर्न सफल भए । 
 
त्यसैगरी मिडफिल्डरमा क्रोएसियाका लुका मोड्रिच, जर्मनीका टोनी क्रुस, स्पेनका आन्द्रेस एनेस्ता परेका छन् । 
 
फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेसी, उरुग्वेका लुइस स्वारेज र पोर्चुगलका रोनाल्डो परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ