arrow

नेपालमा डाक्टरको खडेरी, सरकारले नियुक्तिपत्र लिन बोलाउँदा पनि गएनन् चिकित्सक

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
doctor.jpeg
 काठमाडौं । स्वास्थ्यमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा दिनुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आह्वान गरेका रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।
 
मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए ।
 
अन्तरवार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भए । ८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति बुझेको मन्त्रालयले जनाएको छ ।
 
बाँकी ५९ चिकित्सक भने बोलाउँदा पनि नियुक्तिपत्र लिन पुगेका छैनन् ।
 
मन्त्रालयले रिक्त पदमा पदपूर्ति गर्न ७ मंसिरदेखि १५ पुससम्म अन्तरवार्ता लिएको थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ