arrow

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
oli-new-pic.jpg.jpeg
दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् । 
 
झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै ओलीले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ” उनले भने। पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए । 
 
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य छ भने । करिब आठ करोडको लागतमा बन्ने एघार किमी लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ