arrow

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सांसदको माग

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
prithvi-narayan.gif.gif
काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन संसदहरुले माग गरेका छन् । मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा विशेष समय लिँदै सांसदहरुले राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको योगदानको सम्मानका लागि राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक विदा दिनु पर्ने माग गरेका छन्।
 
राप्रपाका भक्तबहादुर विश्वकर्मा खपांगीले पृथ्वीको सम्मान राष्ट्र र जनताको सम्मान भएकोले उनको तस्बिर अंकित नोट छाप्न आग्रह गर्दै विद्यालय र महाविद्यालयमा समेत विशेष पाठ्यक्रमको व्यवस्था गर्न उनले आग्रह गरे।
 
राप्रपाका अर्का सांसद   कुन्तीकुमारी शाहीले यही पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय एकीकरणका पृथ्वीबाट भएको योगदानको सम्मान गर्न आग्रह गरिन्। 
 
भारतमा महात्मा गान्धिको प्रचार हुन्छ भने हामी पृथ्वीको प्रचारमा किन र के-का लागि सरम मान्दै चुक्ने? उनले प्रश्न गरे। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नबुझिकनै संघीयता ल्याइएको भन्दै विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाए। 
 
त्यस्तै  नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे। 
 
स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो । 
 
बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेका थिए । 
 
बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिएका थिए  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ