arrow

२०२६ को विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी हुने

सबैभन्दा बढी युरोपबाट, अफ्रिकापछि एसिया

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
world-cup-qq.jpeg

एजेन्सी । सन् २०२६ को विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अनुसार सहभागी हुने राष्ट्रलाई १६ समूहमा विभाजन गर्ने र एउटा समूहमा तीन राष्ट्र रहने छन् ।

युरोपबाट १६ राष्ट्र, अफ्रिकाबाट ९, एसियाबाट ८ (कोन्काकाफ प्लेअफ खेल्दा एक टोलीको टुंगो लाग्ने), दक्षिण अमेरिकाबाट ६, कोन्काकाफबाट ६ (एक टोलीको टुंगो प्लेअफबाट) लाग्ने छ ।

यस्तै, ओसेनियाबाट १ र आयोजक राष्ट्र सहभागी हुनेछन् । २०२६ को विश्वकप आयोजनाको टुंगो भने लागि सकेको छैन ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ