arrow

भूकम्पपीडितको मुद्दामा प्रचण्ड सरकार पनि असफलः राणा

‘सुशील ज्ञवालीलाई हटाएर भए पनि पीडितलाई राहत दिनुपर्छ’

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Pashupati-shamsere-new-presd.jpg.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले भने, ‘भूकम्पपीडित जनताको विषयमा काम गर्न सरकार पूर्णरूपमा असफल भएको हो,’ उनले भने,‘ प्रचण्डजीको सरकार पनि भूकम्पपीडितको पक्षमा काम गर्न नसकेर असफल भएको छ। दुई दुई वटा जाडोमा पनि कठ्याङ्ग्रीर राख्न नहुने थियो। यो सबैभन्दा ठूलो पाप हो। यसमा सरकार र प्राधिकरण दुबै दोषी छन्। त्यसैले ज्ञवालीलाई हटाएर भए पनि पीडित जनतालाई केही दिनुपर्यो।’
 
राणाले पीडित जनताका विषयमा आफूले पहिलेदेखि नै कुरा राख्दै आएको बताउँदै यसरी जनतालाई अलमल्याएर राख्न नहुने बताए।‘सिईओ होस् कि सरकार काम गर्न नसक्ने कसैलाई पनि छोड्नुहुन्न, कारबाही गर्नैपर्छ,’ राणाले भने, ‘५० हजारले पीडितको घरको जग हाल्न पनि पुग्दैन तुरून्त कुनै बैकल्पिक व्यवस्था गर्नुपर्छ।’
 
सरकारले हालै संसदमा टेबुल गरेको संविधान संशोधन विधेयकका विषयमा राप्रपाले कुनै आधिकारिक धारणा नबनाएको भन्दै राणाले भने,‘यो विधेयकको विषयमा हामीले कुनै आधिकारिक धारणा बनाएका छैनौं, मधेसको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हामी छौं। संशोधन विधेयकमा उल्लेख भएको अंगिकृत नागरिकताबाहेक अरू विषयमा हाम्रो समर्थन हुनसक्छ। सीमांकनमा हाम्रो आपत्ति छैन’
राणाले मधेशमा दुई प्रदेश राख्ने विषयमा आफ्नो आपत्ती नभएको बताए।
 
‘विधेयकमा राखिएको अंगिकृत नागरिकतको प्रावधान अलि खुकुलो छ। यसले गम्भीर खराबी ल्याउँछ,’ उनले भने।  यद्यपी आफ्नो पार्टी मधेसका मुद्दाहरु समाधान हुनुपर्ने पक्षमा रहेको राणाले दाबी गरे। भोटिङ हुनुभन्दा अगाडि राप्रपाले पक्ष या विपक्षमा जाने विषयमा निर्णय गर्ने बताए।
 
‘संशोधन टेबुल भएको छ। अब प्रक्रिया सुरू हुन्छ। स्थानीय निकायको चुनाव अगाडि बढ्छ। नयाँ संरचना अनुसार स्थानीय निकायको चुनाव हुन्छ।’पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवसमा बिदा दिनुपर्ने धारणा राणाले राखेका छन्। उनले बिदा नदिएमा सरकारले ठूलो गल्ती गरेको ठहरिने बताए।
 
हालै भएको कमल थापाको पार्टीसँगको एकतापछि राजनीतिक एजेण्डामा केही मत भिन्नताहरूलाई सकेसम्म महाधिवेशन अगाडि टुंग्याउने राणाले बताए। ‘म गणतन्त्रको पक्षधारी हुँ। कमल थापा राजसंस्थाको पक्षधर हुनुहुन्छ तर हामी महाधिवेशनमा यी दुबै एजेण्डालाई टुंग्याउँछौ,’ उनले भने।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ