arrow

मच्छेन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्न श्रीलंका इच्छुक

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Srilanka.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेराले शिष्टाचार भेट गरेकी छन् ।  मंगलबार दिउँसो गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको थियो ।
 
 भेटमा श्रीलंकाली राजदूत पेरेराले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा निकट भबिश्यमै श्रीलंकाली राष्ट्रपतिले नेपाल भ्रमण गर्ने जानकारी गराउदै पेरेराले गत बर्षको भूकम्पबाट क्षति भएको आनन्दकुटी बिहार र रातो मच्छेन्द्रनाथको मन्दिर श्रीलंका सरकारले पुनर्निर्माण गर्ने जानकारी गराइन् ।  
 
त्यस अबसरमा उपप्रधानमन्त्री निधिले लुम्बिनी भ्रमणमा आउने श्रीलंकाली पर्यटकको संख्या वृद्धि हुँदा दुई देशबीच जनस्तरसम्मको सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गरे। गृहमन्त्री निधिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिए । उनले भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ