arrow

सर्वोच्चले भन्यो– न्यायपालिकाप्रति भ्रम फैलाउने समाचार आए

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
supreme-court-news.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित भएर समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोलकल्पित समाचार आउनु दुःखद् भएको र त्यसप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कानुनअनुरुप गरिएका कार्यप्रति अवान्छित शङ्का, उपशङ्का र न्यायपालिकाप्रति भ्रम पैदा हुने खालका समाचार प्रकाशन–प्रकाशन नगर्न आग्रह गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ