arrow

ऋतिक रोशन : नशा-नशामा बलिउड

'आशा' देखि सुरु गरेको करियर मोहनजोदड़ो सम्म आइपुगेको छ ।

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Hrithik-Roshan.jpeg
एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले मंगलबार जन्मदिन मनाएका छन् । उनलाई विश्वभरबाट शुभकामना दिने को ओइरो लागेको छ । ४३ बर्षिय ऋतिक रोशनको जन्म १० जनवरी १९७४ मुम्बईमा भएको थियो । ऋतिक चर्चित निर्माता- निर्देशक राकेश रोशनका छोरा हुन् । ऋतिकले फिल्म इन्डस्ट्रीमा आफ्नो निर्माता बुवा राकेश रोशनसँग असिस्टेन्ट डायरेक्टरको रुपमा काम गर्न सुरु गरेका हुन् । 
 
ऋतिकले सन् २००० मा 'कहो न प्यार है' बाट लीड हीरोको करियर सुरु गरे । त्यसपछि  'कोई मिल गया', 'कृष', 'कृष-३' 'मोहनजोदड़ो' जस्ता शानदार चलचित्र अभिनय गरेर उनि बलिउडमा स्थापित भए । 
 
ऋतिक रोशनले  फिल्म इन्डस्ट्रीमा एक बाल कलाकारको  रूपमा सुरु गरेका थिए । उनि १९८० को चलचित्र 'आशा' मा बाल कलाकारको रुपमा अभिनय गरे । यस बाहेक उनले , 'आपके दीवाने' (१९८०), 'आसपास' (१९८१) र 'भगवान दादा' (१९८६) जस्ता चलचित्रमा देखिए  । 
 
 
उनले २० डिसेम्वर २००० मा सुजैनसँग विवाह  गरे । विवाहको ६ बर्षपछि  उनिहरुको पहिलो सन्तान ऋहान र दोस्रो २००८ मा ऋदानको जन्म भयो  । १३ डिसेम्बर , २०१३ मा ऋतिक- सुजैनले १७ बर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ