arrow

माघे संक्रान्ति – विभिन्न पुराणहरुले के भन्छ संक्रान्ति र यसमा गरिने दानबारे ?

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Makar_sankranti.jpeg
काठमाडौं । मकर संक्रान्ति अर्थात् माघे संक्रन्ति हिन्दूहरुको महत्वपूर्ण पर्व हो । मकर संक्रान्तिको दिन खिचडी तिलको लड्डु आदी दान गर्नुलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।  शास्त्रका अनुसार यस दिन दिएको दान यस जन्म तथा अघिल्लो जन्ममा समेत अन्य दिन दिएको दानको करोडौं गुणा हुनेछ । 
 
विभिन्न धार्मिक ग्रन्थहरुले कसरी हेरेका छन् त यस दिनलाई ?
 
– शिव रहस्य ग्रन्थका अनुसार मकर संक्रान्तिको दिन तिल तथा सरस्यूको दान गर्नुको महत्व वर्णन गरिसाध्ये नभएको बताएको छ । 
 
– धर्म सिन्धु ग्रन्थका अनुसार संक्रान्ति पर्वको दिन सेतो तिल देवताको लागि र कालो तिल पितृको लागि तर्पण गर्नु उत्तम हुने शास्त्रले बताएको छ । यस दिन शिव लिङ्गमा शुद्ध घिउ वा अभिषेक गर्नाले महाफल प्राप्त हुने बताएको छ । यस दिन शिव मन्दिरहरुमा तीलको तेल अवश्य पनि जलाउनु आवश्यक रहेको बताएको छ । 
 
– वायु पुराणका अनुसार मकर संक्रान्तिको दिन ब्रह्म मूहुर्तमा स्नान गर्ने, दही मख्खन, गोबर, रक्तचन्दन, रातो फूल लिएर पिपलको बृक्षलाई स्पर्श गरेर माकाशमा उठाएर सूर्यको परिक्रमा गर्न आवश्यक हुन्छ । 
 
– ब्रह्माण्ड पुराणका अनुसार यशोदाले मकर संक्रान्तिको अवसरमा दही मखन दान दिएकी थिईन् । त्यसै कारणले पुत्रको रुपमा भगवान श्री कृष्ण प्राप्त भएको कथा उल्लेख छ । 
 
– यसका अतिरिक्त कालिका पुराण लगायतका अन्य पुराणहरुमा पनि माघे संक्रान्तिको बारेमा विशेष महत्वका साथ वर्णन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ