arrow

ओबामाको बाइबाइ सम्वोधन, काला जातका पहिलो राष्ट्रपति युगको इति

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
obama.jpeg
सिकागो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिदाइ सम्वोधन गरेका छन् । उनले सिकागोमा बिदाइ सम्वोधन गर्ने क्रममा अमेरिका आफनो आठ वर्षे कार्यकालमा निकै सुदृढ रहेको दलील पेश गरे । ओबामाले अमेरिका अहिले राम्रो र बलियो राष्ट्र रहेकोसमेत दावी गरे ।
 
ओबामाले ‘हामीले सबैको ध्यानाकर्षण गर्नुपर्ने र उनीहरुलाई सुन्नुपर्ने’ भन्दै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घुमाउरो पाराले सचेत पारेका छन् । 
 
सन् २००८ मा राष्ट्रपति बनेका ५५ वर्षीय ओबामा अमेरिकी इतिहासमा पहिलो कालो जातिका राष्ट्रपतिसमेत हुन् । 
 
नौ दिनपछि जनवरी २० तारिखमा ट्रम्पले राष्ट्रपतिको सपथ लिंदैछन् । ट्रम्पले ओबामाले अपनाएको नीतिलाई पछ्याउने बताइसकेका छन् । 
 
ओबामाको बिदाइ सम्वोधनका क्रममा २० हजार बढी मानिस सहभागी थिए । कार्यक्रममा फस्ट लेडी मिचेएला ओबामा, उपराष्ट्रपति जो बिदेन र उनकी श्रीमती जिल बिदेनसमेत उपस्थित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ