arrow

सुन छानविन प्रकरणमा पन्छियो गृह, काम गर्ला गृह मन्त्रीको भरोसाले ?

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । काठमाडौंमा केहीदिन अघि बरामद भएको ३३ किलो सुनको विषयमा गृह मन्त्रालयले उच्चस्तरीय छानविन नगर्ने भएको छ । ३३ केजी सुनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर निकालिसकेपछि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) ले ३३ किलो सुन पक्राउ गरेको थियो । यस विषयमा सरकारले नै उच्चस्तरीय छानविनको अपेक्षा गरीएको भएपनि गृहले यसको जिम्मा सिआईबीलाई नै दिएको हो । 
 
सो विषयमा अहिले नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलता बारे गम्भीर प्रश्न खडा भएको छ । बुधबार यही विषयमा व्यवस्थापिका संसद्को अर्थ समितिले यस विषयमा सरोकारवाला निकायहरुसँग छलफल पनि गरेको छ । दुईदिनसम्म लम्बिएको समितिको बैठकको दोस्रो दिन बुधबार गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, पर्यटन मन्त्री जीवन कुमार शाहीसँगै विभिन्न मन्त्रालयको सचिवहरुलाई बोलाईएको थियो । 
 
बैठकमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले यस विषयमा मन्त्रालयले छानविन नगर्नै बताएका हुन् । पटकपटक केन्द्रीय अनुसन्धान ब्यूरोको सो कामको तारिफ गरेका गृहमन्त्री निधिले यसको छानविनको लागि यो घटनामा सिआईबी नै पूर्ण रुपमा सक्षम रहेको भन्दै यथासक्य चाँडो यसको गिरोह पत्ता लगाउ सिआईबी सफल हुने विश्वास व्यक्त गरे । 
 
सुन तस्करीको विषयमा संगठित अपराध भएको भन्दै यस्ता अपराधहरु रोक्न नसकेको खण्डमा यसले राष्ट्रिय अर्थनीतिलाई समेत असर पु¥याउने धारणा व्यक्त गरे । यो विषय थप अध्ययनको विषय रहेको भन्दै यस विषयमा थप बोल्न गृहमन्त्रीको हैसियतले आफूले नकिल्ने बताए । अनुसन्धानको विषयमा आफूले बोल्दा अनुसन्धान प्रभावित हुनसक्ने उनको बुझाई थियो । 
 
बैठकमा गृहमन्त्री निधीले सिआईबीलाई यसको जरो पत्ता लगाउन चाहिने आवश्यक अधिकार सिआईबीलाई दिन गृहमन्त्रालय तयार रहेको भन्दै तत्काल केही अधिकार थप चाहिएको खण्डमा मन्त्रिपरिषद् कै निर्णय गराउन पनि आफू तयार रहेको उनले स्पष्ट पारे । 
 
तर, गृहमन्त्री निधिको भरोषालाई समितिको सांसद्हरुले भने आश्रका व्यत्तः गरेको छन् । ठूला माछाले साना माछालाई त्यसै दबाबमा पार्ने भन्दै सिआईबीको काम प्रति आशंका व्यक्त गरेका हुन् । बैठकमा बोल्दै सांसद् ओमदेवी मल्लले ठूला माछाले साना माछालाई प्रभावमा पार्ने भएकोले छानविन गर्नको लागि एउटा उच्चस्तरीय समिति गठन गर्न माग गरेकी थिईन् । उनी साथै बैठकका क्रममा बोल्ने सबै सांसद्हरुले सुन तस्करीको यो घटनाले नेपालको विमानस्थल सुरक्षाको बारेमा मुलुक नै लज्जित बन्ने अवस्था रहेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
 
तर बैठकमा बोल्ने अधिकांशले सिआईबीको यो कदमको भने खुलेर प्रशंशा गरेका थिए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ