arrow

आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी : प्रधानमन्त्री दाहाल

कुलमान सम्मानित

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
PM-news-aa.jpeg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६६औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताएका हुन् ।

‘रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको छ, वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भयो, नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्छ’– दाहालले भने ।

राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनमा आफू लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले छिटो काम गर्ने आयोजनाका कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गरे । आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णय गर्दा निजी क्षेत्रको राय लिइने प्रतिबद्धता जनाए ।

हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको प्रधानमन्त्री दाहालले बताए । ‘मधेस, पहाड र हिमाल मिलाएर संविधान कार्यान्वयन गर्न सरकार लागेको छ, राष्ट्रिय समझदारी र स्थिरता नै सही राष्ट्रवाद हो, यही जनताको पनि चाहना हो’ – प्रधानमन्त्री दाहालले भने ।

सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको दाहालले बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत् उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिए ।

‘अहिले आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम छ, वार्षिक रु एक खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा खर्चिनुपरेको छ, यसबाट मुक्त गर्ने आर्थिक नीति निर्माण गरिनुपर्छ’– प्रधानमन्त्री दाहालले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले निरन्तर विद्युत् आपूर्ति गर्न सरकारले अग्रसरता देखाएजस्तै आर्थिक वृद्धिमा पनि अभियान चलाउनुपर्ने बताए ।

विद्युत् कटौती न्यून गर्न योगदान दिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भए । चेम्बर लाइफटाइम अचिभमेन्ट अवार्ड लक्ष्मीदास मानन्धरलाई प्रदान गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ