arrow

एकीकृत भावनाबाट मात्रै देश विकास सम्भव छ –मन्त्री लेखक

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
ramesh-lekhak.jpeg
धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले व्यवस्थापिका–संसद्बाट संविधान संशोधन प्रस्ताव पारित गरी स्थानीय तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् । 
 
जनकपुर–यदूकाहा सडकखण्डको शिलान्यास गर्दै उनले निर्वाचनका लागि संविधान संशोधन जरुरी रहेको स्पष्ट पारे । 
 
एकीकृत भावनाले मात्रै देशको विकास हुनसक्ने उल्लेख गर्दै उनले विविधतायुक्त नेपाली समाजलाई एकअर्कासँग जोड्नका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ