arrow

उपत्यकाका सबै नदी किनारमा करिडोर बन्दै

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
kathmandu-road.jpeg
काठमाडौं । सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो ।
 
विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
 
उनका अनुसार सुन्दरीजल–कुपण्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको छ ।
 
वागमती, विस्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले र महादेव खोला धोबी खोला लगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ