arrow

सर्वोच्चलाई ‘प्रहरीको अटेर’, विचाराधीन मुद्धामा प्रहरी हस्तक्षेप

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
supreme-court-news.jpeg
काठमाडौं । घरजग्गामा हक कसको हुने विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत प्रहरीले घरनिकाला गरेको दाबीसहित ललितपुका एक घरधनीले सर्वोच्च अदालत गुहारेका छन् ।
 
घरमा ताल्चा लगाएर पटकपटक धरपकड गरेको आरोपसहित ललितपुर जिल्ला प्रशासन र सुरक्षाकर्मीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।
 
ललितपुर उपमहानगरपालिका–१५ बस्ने मणिकुमारी तामाङले दिएको अदालतको अवहेलना मुद्दामा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारी, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक श्याम सुब्बा, ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डे, ललितपुर नगर प्रहरी बल प्रमुख पदमलाल महर्जनसहित ११ जनालाई सजायको माग गरिएको छ ।
 
उपमहानगरपलिका–५मा रहेको कित्ता नम्बर ५६६ र ५६८ मा रहेको घरजग्गा धितो विवादलाई लिएर ललितपुर अदालतमा मुद्दा चलिरहेको अवस्थामा प्रहरीले ‘माथिको आदेश’ भन्दै बलजफ्ती घरखाली गराएको दाबी अवहेलना निवेदनमा छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ