arrow

त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
triveni-ghat.jpeg

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा वहिबारदेखि एक महिने माधवनारायण मेला एवं व्रत सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला सुरु भएको हो ।

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर प्रसिद्ध माधवनारायण मेला भरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिए ।

नेपाल सम्बत ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले भक्तजन यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उनले बताए ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवम् हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणी घाट बन्ने प्रचलन छ ।

एक महिना दिनसम्म यहाँ व्रत बस्न व्रतालुका लागि भने ढल बगेको पानीमा स्नान गर्नुपर्ने बाध्यता भएको माधवनारायण मेला व्यवस्थापन समितिले गुनासो गरेको छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा हरेक वर्ष व्रतालु घट्ने गरेको समितिका पदाधिकारीको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ