arrow

बेल्जियम, ईटली र वेल्स युरोकप खेल्ने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1446803282.jpeg

एजेनसी । बेल्जियम, ईटली र वेल्स अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएका छन् । शनिबार राती भएको खेलमा एण्डोरालाई ४–१ ले हराँउदै बेल्जियम अर्को वर्ष फ्रान्समा हुने युरोकपका लागि छनोट भयो ।

यस्तै, अजरबैजानलाई उसैको मैदानमा ३–१ ले पराजित गर्दै ईटली पनि युरोकपमा स्थान पक्का गर्न सफल भयो । बोस्निया हर्सगोभिनासँग २–० ले पराजित भएपनि वेल्स युरोकपका लागि छनोट भएको छ ।

युरोकप फुटबल छनोटका अन्य खेलमा नेदरल्याण्ड्सले काजखस्तानलाई २–१ ले हराउँदा टर्कीले चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ । साईप्रसले ईजरेललाई २–१ तथा नर्वेले माल्टालाई २–० ले हरायो । क्रोएसियाले बुल्गेरियालाई ३–० ले पराजित गरेको छ ।

अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलमा कुल २४ टोली सहभागि हुँदैछन् । अहिले सम्म सकिएका छनोट खेलमा आयोजक फ्रान्ससहित आइसल्याण्ड, चेक गणतन्त्र, बेल्जियम, वेल्स, स्पेन, इङ्गल्याण्ड, स्वीट्जरल्याण्ड, नर्दन आयरल्याण्ड, अष्ट्रिया, ईटली र पोर्चुगल युरोकपका लागि छानिएका छन् । युरोकप छनौट चरणका खेलहरु मंगलबार सकिने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ