arrow

भुवन केसीले भने -'महानायक को हो ? चिन्नुहोस्'

'चलचित्र उद्योगमा दिईने उपाधिको तुक छैन'

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
Bhuwan-KC-Nepali-Actor.jpeg
काठमाडौं । नेपाली चलचित्रका  सुपरस्टार भुवन केसी विगत लामो समय देखि चलचित्र उद्योगमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै दर्शकलाई उत्कृष्ट फिल्म दिन सफल भएकाले महानायक को हो भन्ने चिन्ने बेला आएको बताएका छन् ।  चलचित्र पत्रकार सघं दाङले विहिवार साक्षात्कारमा बोल्दै भुवनले महानायक,सुपरस्टार भन्दैमा फुरुगं हुन नहुने बरु आफुले दर्शकलाई कसरी राम्रा चलचित्र दिन सकिन्छ भन्ने बारे उनले उल्लेख गरे । साथै कसैलाई महानायक त कसैलाई सुपरस्टार भन्दैमा आफु त्यसको पछाडि नदौडि काम गरेर देखाउने भएकाले त्यो कुरा दर्शकले मुल्याकंन गर्नुपर्न बताए । नेपाली चलचित्र क्षेत्रमा भुवनले गरेको योगदान र बनाएका फिल्म हेरेर आफै भन्नुहोस कि महानायक को भन्ने कुरा ?  उपाधि भन्दा पनि काम गरेर देखाउन उनले चुनौती दिए ।
 
साथै भुवनले आफ्नो जारी राजनितिक यात्रा पनि निरन्तर चलिरहने बताए । कलाकारले राजनिति गर्न नहुने भन्ने कुरा जायज नभएकाले कलाकारले पनि राजनिति गर्न पाउनुपर्ने उनले धारणा व्यक्त गरे  । कलाकार बन्न आजभोली पैसा खर्च गरे सजिलै भईने ,पावर र पहुँचका आधारमा कलाकार हुन सकिने भन्ने पत्रकारको प्रश्नमा उनले त्यसरी क्षमता नभएर उद्योगमा आएका कलाकार सिमित समयका लागि टिक्ने भन्दै क्षमता नभएका त्यस्ता कलाकार पछि उद्योगबाट आफै विस्तापित हुदै जाने पनि उनले बताए ।
 
नायक भुवन केसीले  बुवाआमाले आर्मी बनाउन चाहेको तर आफु नेपाली चलचित्र मा प्रवेश गरेकाले पनि चलचित्र क्षेत्र नशानशामा रहेको  बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिदै केसीले नेपाली चलचित्र उद्योगमा दिईने उपाधिले कुनै तुक नराख्ने समेत बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ