- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी । सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा २४ बढी बालबालिका सिकिस्त भएका छन् ।
शनिवार राति होस्टलमा बसेका बालबलिकाका लागि तयार खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका २४ बढी बच्चा सिकिस्त बिरामी परेको बताइएको छ ।
उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।