arrow

परराष्ट्रमन्त्री महत भारतमा, स्वराजलाई भेट्न जाँदा राज्यमन्त्री भेटिए

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
mahat-g-new.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय विदेश राज्यमन्त्री भीके सिंहलाई भेटेका छन् । भारतको एक बौद्धिक जमातले आयोजना गरेको सम्मेलनमा भाग लिन दिल्ली पुगेका परराष्ट्रमन्त्री महतले भारतीय समकक्षी सुष्मा स्वराज विरामी रहेका कारण राज्यमन्त्रीसँग भेट गरेको बताइएको छ ।

विरामी भएका कारण स्वराज मन्त्रालयमा उपस्थित हुन सकेकी छैनन् । परराष्ट्रमन्त्री महतसँग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि भेटमा सहभगि भए । भारतीय सत्तारुढसँगको भेटका क्रममा परराष्ट्रमन्त्री महतले भारतीय नोट प्रतिबन्धले नेपालमा परेको असरबारे कुराकानी गर्ने छन्  

भारतले ५ सय र हजारका नोट प्रतिबन्ध गरी नयाँ २ हजार दरको नोट निष्कासन गरेको छ । भारतीय नोटबन्दीले नेपालमा जिन्सि तस्करी मौलाएको छ । केही दिन अघि मात्रै विभिन्न स्थानबाट प्रहरीले सुन र विदेशी मुद्रासहित विदेशी तथा नेपाली नागरिकलाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ