arrow

‘अयोग्य’ ठहरिएका अख्तियारका निलम्बित प्रमुख लोकमानद्वारा रातो पासपोर्ट फिर्ता

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
lokman-ji-haa.jpeg
काठमाडौं । अदालतद्वारा ‘अयोग्य’ सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् ।
 
कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् ।
 
राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । 
 
विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गरेका हुन् ।
 
कार्कीका सहयोगीले गत बिहीबार कार्की पत्नी सुनिताको समेत रातो पासपोर्ट फिर्ता गरेका छन् । 
 
सुनिताको रातो पासपोर्ट भने कार्कीको पासपोर्ट जारी भएको करिब १ वर्षपछि विभागले उपलब्ध गराएको थियो । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ