arrow

सल्यानमा नि:शुल्क मृगौला परिक्षण

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
Kidney-Stones-&-Treatment.jpg.jpeg
सल्यान । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले मृगौला परिक्षणलाइ निशुल्क बनाएको जानकारी गराउने उदेश्यसहित आज सल्यान अस्पतालमा पत्रकारहरुले निशुल्क मृगौला परिक्षण गराएका छ्न्।
 
जिल्ला अस्पताल सल्यानको सहयोग र नेपाल पत्रकार महासंघ , सल्यानको आयोजनामा आइतबार स्थानीय विकास अधिकारी खिम बहादुर रायमाझीले कार्यक्रम उदघाट्न गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रायमाझीले हरेक ब्यक्ति ले आफ्नो स्वास्थ्य नियमित परिक्षण गर्नुपर्ने भन्दै अहिले सरकारले मृगौला परिक्षण निशुल्क बनाएकाले परिक्षण गरि लाभ लिन सबैमा अनुरोध गरेका थिए ।
 
कार्यक्रममा मृगौला कसरी स्वस्थ बनाइ राख्ने बिषयमा जिल्ला अस्पताल सल्यानका डाक्टर नवचन्द्र वलीले जानकारी गराएका थिए ।कार्यक्रम नेपाल पत्रकार महासंघ , सल्यानका अध्यक्ष सनत शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ