arrow

आर्सनलले म्यान्सिटीलाई हरायो, चम्किए वाल्कोट र जिरु

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Walcott.jpg.jpeg
 एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा आर्सनलले सिटीलाई २–१ ले हरायो । आर्सनलाई विजयी गराउन पहिलो हाफ अघि ३३औ मिनेटमा थियो वाल्कोटले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरुले एक गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
 
पहिलो हाफमा निकै दबाब खेपेको म्यान्चेस्टर सिटीले दोस्रो हाफको ८२औं मिनेटमा एक गोल फर्कायो । सिटीका लागि याया टुरेले एक गोल गर्न बाहेक अन्य फरवार्डले गोल गर्न सकेनन्  । जितसंगै आर्सनलले शीर्ष स्थानमा रहेको लेस्टर सिटीसंगको अंक दूरी कम गरेको छ ।
 
लिगमा १७औं चरणका खेल सकिदा सम्म लेस्टर सिटी ३८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानका आर्सनलको ३६ अंक भएको छ । ३२ अंक बटुलेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । संकटग्रस्त चेल्सी मुख्य प्रशिक्षक जोजे मौरिन्हो बाहिरिएपछि लयमा फर्किए पनि कठिन क्षेत्रमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ