arrow

विराटनगरदेखि भारत सिलीगुडीसम्म कार र्‍याली

logo
प्रकाशित २०७३ माघ १० सोमबार
car-ress-a.jpeg

विराटनगर । विराटनगरदेखि भारतको सिलीगुडीसम्मको प्रथम इन्डो नेपाल कार र्‍याली हुने भएको छ । पहिलो पल्ट नेपाल र भारतमा संयुक्त कार र्‍याली आयोजना हुन लागेको हो ।

सिलिगुडी लायन्स क्लव आफ सिलिगुडी ग्रेटर फिमिनाले गर्न लागेको र्‍याली लायन्स क्लव अफ डिस्ट्रिक ३२५ ए वान नेपालको संयोजनमा माघ–१६ गते हुन लागेको बताइएको छ । आयोजक दुवै संस्थाले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी  प्रतियोगितात्मक कार र्‍याली आयोजना हुन लागेको जानकारी दिएको हो ।

इन्डो नेपाल कार र्याली कार्यक्रम संयोजक राजन खत्रीले पहिलो पल्ट प्रतियोगितात्मक रुपमा हुन लागेको र्‍यालीमा ६० जना महिला चालकले स्पर्धा गर्ने छन् । त्यसमध्ये नेपालको तर्फबाट ६ महिला सहभागिता हुँदै छन् ।

सिलिगुडीको सिटी सेन्टरबाट शुरु हुने कार र्‍यालीका लागि काकडभिट्टा, दकम, उर्लावारी, रंगेली विराटनगर रुट तय गरिएको छ । प्रतियोगिले १ सय ३९ किलो मिटर दुरी पार गर्नु पर्ने छ । कार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार २५ हजार र १० हजार भारतीय पाउने छन् ।

पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लब डिस्ट्रिक ३२५ एवन नेपालका फस्ट भाइस डिस्ट्रिक गर्भनर लिलाकुमार ढुंगेल, सिलिगुडी लायन्स क्लवका लायन्स पीके साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्टले दुवै देशबीच हुन लागेको कार र्‍यालीले भाइचाराको सम्बन्धमा थप वृद्धि हुने बताए ।

सिलिगुडीबाट आएका लायन्स सुखदिप कौर, मन्जु अग्रवाल, सुनिता अग्रवाल तथा प्रमोद गर्ग सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ