arrow

काँग्रेस र मोर्चा निर्णयविहिन,छलफल सकारात्मक

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
congress-moarcha.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको निवास महाराजगञ्जमा मंगलबार बिहान भएको नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको वार्ता केही समय अघि सकिएको छ । वार्ताले कुनै ठोस निर्णय नगरे पनि सकारात्मक रहेको वार्तामा सहभागी नेताहरुले बताएका छन् । छलफलमा मधेसी मोर्चाका नेता महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरुको सहभागिता रहेको थियो । 

वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले वार्ता टुंगोमा नपुगे पनि सकारात्मक किसिमले अन्य वार्ता गर्ने निर्णय लिएको बताए । 

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाका राखेका मागहरुप्रति पार्टी सकारात्मक रहेको बताउँदै नागरिकताका विषयमा काँग्रेस लचिलो भएको र सीमांकनका विषयमा अन्य दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने निर्णय गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ