arrow

आफ्नै व्यवहारको कारणले पतिले छाड्न सक्छन् तपार्इंलार्इ, ध्यान दिनुस् यस्ता व्यवहारमा

logo
प्रकाशित २०७३ माघ १० सोमबार
TIPS.jpeg
काठमाडौं । पतिपत्निको सम्बन्ध कहिले झगडा त कहिले मिलनमा नै वित्ने गरेको छ । समयसमयमा झगडा पर्नु पतिपत्निको बीचमा समस्याको कुरा त होईन । तर त्यही समस्यालाई तपाईले धेरै बेवास्ता गर्नुभयो भने चाहिँ स्थिती भयावह बन्न सक्छ । तपाई आफ्नो पतिसँग कहिलेकाहिँ कडा व्यवहार गर्नुभयो भने उ स्वभाविक रुपमा डराउने गर्दछ । अर्थात् पतिले गल्ती गरेको समयमा मात्रै तपाईले पतिलाई खबरदारी गर्न सक्नुुहुन्छ । तर, दिन दिनै विविध विषयमा बढी कचकच गरिरहनु भयो भने पनि याद गर्नुस् एक दिन तपाईको पतिले अर्कै किसिमको बाटो ताक्न सक्छन् । अर्थात् तपाईँलाई छाड्न सक्छन् । 
 
हामी जसलाई माया गर्छौ उसको लागि केही त अवश्य पनि गर्न सक्नुपर्छ । हामी विवाहको बेला भनिएका शर्तहरु त उसले पूरा गर्नुपर्यो नि भनेर मात्रै सधैं पतिलाई मात्रै आरोप लगाउने पनि गर्दछौं । त्यो गलत हो । तपाईको पनि आफ्नो जिम्मेवारीबाट झनै पछि हट्न सक्छन् । त्यसैले तपाईले आफ्नो पतिलाई रिझाउने नाममा पतिलाई अनावश्यक दबाब दिने र अनावश्यक विषयमा चासो देखाउने गर्नुभयो भने सम्झनुहोस् तपाईको पतिले तपाईको शासन धेरै समय नसहन पनि सक्छन् । 
 
त्यस्तै पतिपत्नीबीच घरायसी विषयमा कुरा हुनु आवश्इक हुन्छ । तर यस विषयमा सानोतिनो विवाद निकालेर आफ्नो पतिसँग झगडा गर्ने काम कदापी नगर्नुहोस् । तर घरायसी विषयमा तपाईहरुबीच कुरा भएर नर आगामी दिनको बारेमा छलफल भएन भने पनि बुझ्नुहोस् कि तपाईहरुको सम्बन्धलाई यसले समस्या पार्न सक्छ । 
 
त्यसैले आफ्नो घरायसी कामको बारेमा जायज कुराहरु पनिसँग राख्नुहोस् । तर, अरुको राम्रो देखाउँदै पतिलाई धेरै गाली गर्ने काम नगर्नुहोस् । तल बुँदागत रुपमा उल्लेख गरिएका विषयहरुलाई ध्यान दिनुहोस् । ता कि तपाईको पति तपाईको गल्तीका कारण अर्कै सोच बनाउन बाध्य नबनोस् । 
 
१. तपाईले आफ्नो अफिसको काम सकेर आएपछि पतिलाई चाहिँ शुख दिन्छु भनेर सोच्नु भएको छ भने त्यो तपाईँ गलत गरिरहनुभएको छ । आफ्नो पतिलाई सुख दिनु त ठीक हो । तर, सुख दिने नाममा तपाईको पतिको बानी भने विग्रिरहेको हुन्छ । जसले तपाईलाई परेको समयमापनि तपाईले पतिबाट सहयोग पाउनुहुन्न । जसका कारण तपाईहरुको सम्वन्धमा दरार उत्पन्न हुनसक्छ । 
 
२. के तपााई घरका हर काम आफैं गर्ने गर्नुभएको छ ? आफ्ना पतिलाई आराम गराएर आफू एक्लै काम गर्ने भन्दा पनि जुनसुकै काम पनि सँगसँगै सम्पन्न गर्नाले तपाईहरुबीचको प्रेम प्रघाढ बन्न सक्छ । 
 
३. तपाईहरुबीच कहिलेकाहीँ झगडा हुँदा तपाईले पतिको विगतका गल्तीहरु कोट्याउने गर्नुभएको छ ? यदी छ भने त्यसो नगर्नुहोस् । पुरानो नराम्रो कुराले गर्दा तपाईहरुबीचको दूरी झनै बढ्न सक्छ ।
 
४. यदी पतिको बारेमा तपाईलाई सबै कुरा थाहा छ र तपाईको बारेमा पतिलाई केही पनि थाहा छैन भने तपाईले धेरै आफ्नाकुराहरु आफ्नो पतिसँग नलुकाउनुहोस् । ता कि आफ्नो पतिलाई आफ्नो बारेमा आफ्नो पासवर्डको बारेमा सबै कुरा बताईदिनुहोस् । किनभने तपाईले दिएको पासवर्ड अरु कसैलाई नभई आफ्नै पतिलाई दिएको हो । 
 
५. यदी आफ्नो पति ढिला घर आउने, अरुसँग नै मस्तीगर्ने, रक्सी पिउने, तथा आफ्नो घर भन्दा टाढा नै धेरै समय विताउने गरेका छन् भने यसमा तपााईले खबरदारी गर्नै पर्छ । 
 
६. के तपाईले खर्चमा कडाई नगर्दानगर्दै पनि तपाईसँग आफ्नो व्यक्तिगत खर्चको लागि पतिले पैसा माग्ने गरेका छन् ? यदी यस्तो हो भने तपाईले यस विषयमा सोच्दै गर्नुस् कि तपाईको पति अन्त बाहिरै रमाउन थालेका हुनसक्छन् । यस विषयमा ध्यान दिन सकियो भने पतिपत्निको सम्बन्ध एकदमै सुमधुर हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ