arrow

सेप ब्लाटर र मिचेल प्लाटिनीलाई ८ वर्ष खेल प्रतिबन्ध, उत्तराधिकारी फसेपछि ब्लाटर साख गुम्दै

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
blatar-&-palatini.jpg.jpeg
एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अध्यक्ष सेप ब्लाटर तथा उपाध्यक्ष मिचेल प्लाटिनीलाई ८ वर्ष खेल गतिविधिमा प्रतिबन्ध गरेको छ । युएफाका अध्यक्ष समेत रहेका प्लाटिनी र अध्यक्ष ब्लाटर यसअघि केही समयका लागि मात्र प्रतिबन्धमा परेका थिए । फुटबल एसोसिएशन अध्यक्ष ग्रेक डाइकले भनेका छन्,‘ ब्लाटर र प्लाटिनीलाई आठ वर्षको प्रतिबन्ध लागेको छ । 
 
ती दुवैले फिफा आचारसंहिता उल्लंघन गरेको आरोप प्रमाणित गर्दैै फिफाको आचार समितिले दुबैलाई आठ वर्ष सम्म फुटबलका कुनै गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध गरेको हो । प्रतिबन्ध लागेसँगै युरोपियन फुटबल महासंघ युएफा अध्यक्ष मिचेल प्लाटीनीले फिफाको आसन्न विशेष साधारणसभामा  अध्यक्षको उम्मेदवारी दिन पाउने छैनन् । फिफा अध्यक्ष बन्ने होडमा अब ५ जना उम्मेदवार मात्रै बाँकी छन् ।
 
भ्रष्टाचार र आर्थिक अनियमितता प्रकरणले खल्बल्लिएको फिफामा नयाँ अध्यक्ष चयनको लागि आगामी फेब्रुअरी २६ तारीखमा स्वीट्जरल्याण्डको ज्युरीचमा विशेष साधारणसभा हुँदैछ । सोही साधारण सभामा हुने निर्वाचनबाट फिफाले नयाँ नेतृत्व पाउने छ । ७९ बर्षीय ब्लाटरको विकल्प खोज्नकै लागि नयाँ अध्यक्षको चुनाब हुनेछ । ब्लाटरले पाँच कार्यकाल एकलौटी फिफाको नेतृत्व गरीसकेका छन् । भ्रष्टाचार आरोपमा छानबिन गर्ने भन्दै फिफाले ब्लाटर र प्लाटीनीलाई ९० दिन निलम्बन गरेको थियो ।
 
ब्लाटरले ४० हजार तथा प्लाटिनीले ८० हजार अमेरिकन डलर जरिवाना समेत तिरेका छन् । सन् २०११ मा ब्लाटर र प्लाटिनीले १३ लाख युरो अपचलन गरेको फिफाको आचार समितिको  ठहर छ । सन् १९९८ देखि एकलौटी फिफाको अध्यक्ष पद सम्हालेका ब्लाटरलाई यसअघि समेत भ्रष्टाचारका विभिन्न आरोप लागे पनि प्रमाणित हुन सकेको थिएन । अमेरिकी न्यायिक निकाय र स्वीस अधिकारीहरुले फिफाको भ्रष्टाचार प्रकरणलाई चिरेका हुन् । गएको फ्रेबुअरीमा पाँचौ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित ब्लाटरले चर्को आलोचनापछि पदबाट राजिनामा दिने उद्घोष गरेका थिए ।
 
फिफामा ब्लाटरको राख जोगाउने खास व्यक्ति अर्थात उत्तराधिकारीको रुपमा रहेका फ्रेन्च फुटबल टोलीका पूर्व कप्तान प्लाटीनीलाई लामो प्रतिबन्धले निकै घाटा लागेको छ । जसले अध्यक्ष ब्लाटर र उनका निकटवर्तीहरुलाई समेत ठूलो धक्का पुगेको छ ।  गएको फेब्रुअरीमा भएको विशेषसाधारण सभामा भाग लिन गएकै बेला उच्च पदस्थ अधिकारीहरु पक्राउ परेपछि फिफा अनियमितता प्रकरण छताछुल्ल भएको थियो । फिफाका विशिष्ट एवं शक्तिशाली पदाधिकारीहरु एकपछि अर्को गर्दै भ्रष्टचार मुद्दामा फस्दै जानुले  विश्व फुटबलको सर्वोच्च निकाय फिफा र विश्व फुटबल जगतकै संकटमा पर्दै गएको खेल पण्डितहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ