arrow

सुरु भयो बाजुरामा दाँतको उपचार

logo
प्रेम रौले,
प्रकाशित २०७३ माघ ११ मंगलबार
teeth.jpeg.jpeg
बाजुरा । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दाँतको  उपचार सेवा मंगलबार देखि सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका माग अनुसार दाँतको उपचार सेवा दिन सकिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले बताए ।
 
उनले दाँतका रोगीहरुलाइ उपचारका लागि जिल्ला बाहिर पठाउने गरेको भए पनि दाँतको उपचार जिल्लामै हुने डाक्टर नाथले बताए । जिल्लाका जनतालाइ सेवा दिनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापन गरी सेवा निरन्तरता दिने डाक्टर नाथको भनाइ रहेको छ । दाँतको सेवा दिनका लागि आगमी दिनका स्थायी दरवन्दी नभएको भएपनि सेवा निरन्तर हुने बताए । 
 
दन्त सेवा उपचारका लागि आवश्यक चाहिने सामानहरु प्रर्याप्त नभएकाले जुटाउदै जाने बताउनु भयो । माग अनुसार सेवा सरकारले दिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । दाँतको सेवामा संलग्न डाक्टर बुद्धी खडायतले जिल्लाको स्थानिय दाँतको समस्या भएर आएका विरामीहरुलाइ निको हुने गरी सेवा प्रवाह गर्ने बताए । दाँतको छात्रवृत्ती कोटामा जिल्लाको सेवा दिन आएका डाक्टर बुद्धीले पहिलो सेवा बााजुरा नै रोजेको बताए  । अन्य जिल्ला गएर सेवा दिनु भन्दा आफ्नै जिल्लामा गएर सेवा दिन भाग्यमानी हुनेमा विश्वस्त रहेको जिकिर गरे । 
 
औपचारिक उद्घाटन कार्यक्रममा डाक्टर खडायतले आफु बाजुरा बस्दा सम्म सेवालाइ प्रभावकारी बनाउदै लैजाने बताए  । दाँतमा किरा लागेका र दाँत टुटेका र अन्य दाँतमा आएका समस्याहरुको परामर्श दिने बताए । दाँतका विरामी भएका बालक बृद्धबृदा  र अन्यका लागि यो सेवा सहज भएको बताए । दाँतको उपचार सेवाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले दाँतको उपचार सेवालाइ निरन्तरता दिन आग्रह गरे । उनले दाँतको उपचार सेवा कक्ष उद्घाटनका क्रममा स्वास्थ्य संस्थामा औषधीको अभाव हुन नदिन निर्देशन दिएका थिए । 
 
दाँतको उपचार सेवा कक्ष उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य व्वस्थापन समितिका अध्यक्ष र पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ