arrow

एनसेलले ल्यायो ३ पैसामा ‘नयाँ एसएमएस प्याक’

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौं ।  एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ ।योजना  अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने कम्पनिले जनाएको छ । 
 
‘नयाँ एसएमएस प्याक’ यही शुक्रबार बाट शुरु भई १५ दिन सम्म संचालनमा रहने छ । सो  एसएमएस प्याकमा ग्राहकले आफ्नो आवश्यकता अनुसार  ५ रुपैया (कर सहित) मा १५० एसएमएस वा २५ रुपैँया मा १००० एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् ।  रुपैँया मा १००० एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रति एसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्ने कम्पनीले जारि गरेको विज्ञाप्तिमा छन् । 
 
सो योजना सुचारु गर्न  ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार  गर्नुपर्नेछ । एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् । यसका लागि १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै १००० एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यी दुबै प्याक सुचारु भएको दिन देखि ३० दिनको लागि मान्य रहने कम्पनिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ