arrow

दुर्घटना न्यूनीकरण गर्न सचेतनाले काम गरेन अब पुराण लगाइने

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
accident-final.jpeg
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो । 
 
नमुना भजनकीर्तन समूह इनरुवा–३ सुनसरीको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धार र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ एक दिवसीय भागवत पुराण आयोजना गर्न लागिएको हो । 
 
सडकमै आयोजना हुने भागवत् पुराणमा वेद र रुद्री पाठका साथै लक्षवत्ती प्रज्वलन गरिने संस्थाकी अध्यक्ष तारा सुवेदीले जानकारी दिए । 
 
उक्त क्षेत्रमा अत्यधिक सडक दुर्घटना बढेको र मानवीय क्षतिलाई दृष्टिगत गर्दै पुराण आयोजना गर्न लागिएको स्थानीयवासी मनोज निरौलाले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ