arrow

टेलिकमले गर्‍यो बाग्मती सफाइ

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
p-1.jpeg
काठमाडौं ।  नेपाल टेलिकमले आफ्नो तेहृौँ वार्षिकोत्सवको अवसरमा शनिबार बाग्मती सफाइ  महा अभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ । 
 
शनिबार काठमाडौंको सुविधानगर तीनकुने स्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । सो सामग्रीहरु बाग्मती सफाइ महा अभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको छ।
 
सो अवसरमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सबद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्षर अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताइन् । उनले यसै आर्थिक वर्ष भित्र बाग्मती नदी किनारामा दुई वटा शौचालय निर्माण सम्पन्न गर्ने बताउँदै भविष्यमा पनि बाग्मती सफाइ अभियानमा सहयोग र सहभागिता भइरहने प्रतिबद्धता व्यक्त गरिन् । 
 
नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस  पे्रषित गर्दै आएको छ । त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ